back
himalayan life

बिना गल्ति माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट

खोटाङ। खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेकाे दाबी गरिएको छ ।

पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन् । ७ जनाको समुहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ । ‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बिसाइरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो,’ पदमले भने, ‘दिपक राईले हात हालेपछि केदार लगायत सात जनाको समुहले कुटपिट गर्‍यो । भागेर ज्यान बचाएँ ।’

मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...