back

बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै !

गोरखा। स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् ।

दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छ । अहिले यी सबै स्थानीय तहमा दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

जिल्लामा सत्तारुढ दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) को गठबन्धनका लागि प्रयास भए पनि भागबन्डा मिलेन ।

सत्तारुण दलका शीर्ष नेताहरूको आफ्नो निर्वाचन क्षेत्रमा पकड लिने र साख जोगाउने स्वार्थका कारण गठबन्धन हुन नसकेको हो ।

अहिले कतिपय पालिकामा सत्तारुढ गठबन्धनका दलहरू एकल प्रतिस्पर्धामा छन् भने कतिपय ठाउँमा गठबन्धन पनि गरेका छन् ।

गठबन्धन नभएको र आफूहरू कमजोर भएको गृहपालिकामा सबै राजनीतिक दलका शीर्ष नेताहरू जोडबलका साथ आफ्नो उम्मेद्वारलाई जिताउने अभियानमा खटिरहेका छन् ।

पालुङटारमा सबैकाे ध्यान

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गत शुक्रबारदेखि गृहनगर पालुङटारमा चुनावी अभियानमा सक्रिय छन् ।

उनले आफ्नो पार्टीको मेयर पदका उम्मेद्वारलाई जिताउन कांग्रेससँग गठबन्धन गर्ने अनेक तिक्डम अपनाएका थिए । तर, पालुङटार जसपालाई छाड्न कांग्रेस तयार भएन । अन्तत : अहिले त्यहाँ सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

आफ्ना उमेद्वार जिताउने र आफ्नो गृहनगरमा पार्टीको पकड थप बलियो बनाएर साख जोगाउने भट्टराईको सपना गठबन्धनले पूरा गर्न सकेन । त्यसैले उनी हप्ता दिनदेखि गोरखा नछाडेर पालुङटार केन्द्रित चुनावी प्रचारप्रसारमा व्यस्त छन् । भट्टराईको सचिवालयका अनुसार उनी कहिले बिहान ६ देखि राति १२ बजेसम्म चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् ।

तर, पनि उनलाई गृहनगरमा आफ्ना उम्मेद्वार जिताउन निकै धौ धौ पर्ने देखिन्छ । कारण, मेयर पदका उम्मेद्वार छान्ने विषयमै नगरपालिकामा जसपाका आन्तरिक टिमबीच झडपसमेत भएको घटना बाहिरियो । त्यो घटनाले पनि त्यहाँ जसपाप्रति नकारात्मक सन्देश प्रवाह गरिरहेकै छ ।

यस्तै, पालुङटार कांग्रेसले बाबुराम आफ्नो साख जोगाउन गठबन्धनका लागि शेरबहादुर देउवासँग लम्पसार परेको भन्दै प्रचार गरिरहेकै छ । यसकारण पनि जसपाको क्रेजमा कमी आएको छ कि भन्ने आशंका उब्जाएको छ ।

यद्यपि अहिले जसपाले नगरपालिकामा आफूहरू पहिलो शक्तिको रूपमा उदाएको दाबी गर्ने गरेका छन् ।

२०७४ को स्थानीय तहको मतपरिणाम हेर्दा पालुङटार नगरपालिकामा कांग्रेस पहिलो, माओवादी दोस्रो र जसपा तेस्रो र एमाले चौथौ शक्तिको रूपमा थियाे ।

 

nactional life
Corporatebazar 11 Anniversary

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...