back

यूनियन लाइफ इन्स्योरेन्सको संचालकमा ६ जना निर्वाचित, अध्यक्षमा शुलभ अग्रवाल

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ । उक्त सभाले संस्थापक र सर्वसाधारण गरी ६ जना संचालक निर्वाचित गरेको हो ।

सो साधारण सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो ।

निर्वाचित संचालकहरुको आजै बसेको संचालक समितिको बैठकले संचालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ ।

 

यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ । यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । त्यस्तै बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पुयाउन अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।

बीमा समितिले २०७९ चैत्र मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण (डिडिए) गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ ।

संचालक समितिको अध्यक्ष शुलभ अग्रवालको अध्यक्षता भएको सभाको संचालन कम्पनी सचिव ईश्वर कुमार सेडाईले गर्नु भएको थियो भने कम्पनीको उच्च व्यस्थापनबाट उप प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कम्पनीको लुम्बिनी प्रदेशका प्रादेशिक प्रमुख लगायत अन्य शेयरधनीहरुको सहभागिता रहेको थियो ।

 

nactional life
Corporatebazar 11 Anniversary

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

वि.सं.२०८२ चैत १६ सोमवार १७:२१

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा...

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले...

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले...

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२४

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...