back

मुक्तिनाथ विकास बैंकको सिइओमा पुनः पोखरेल नियुक्त, ४ बर्षमा साढे २ करोड रुपैयाँ पारिश्रमिक बुझे

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।

उनी यस अगाडि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९९१ मा नबिल बैंकबाट बैंकिङ यात्रा अगाडि बढाएका थिए ।

१९ वर्षसम्म नबिल बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका उनी सन् २०१० देखि २०१६ सम्म मेगा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धक भएर काम गरेका थिए ।

२०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । बैंकको स्थापनादेखि प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा सकिएपछि उक्त पदमा पोखरेल नियुक्त भएका थिए ।

विगत ३ दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च ओहदामा रहेर काम गरिसकेका छन् ।

२०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल उनी डेभलपमेन्ट बैंकरर्स एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् ।

सीईओ पोखरेलले आर्थिक बर्ष २०७४–७५ मा ७ लाख ६३ हजार ७७६ रुपैयाँ वार्षिक तलव भत्ता र ५२ हजार २२४ रुपैयाँ संचय कोष गरी कूल ८ लाख १६ हजार रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

त्यस्तै, आर्थिक बर्ष २०७५–७६ मा सीईओ पोखरेलले तलब भत्ता वापत ५० लाख ४० हजार ९२२ रुपैयाँ, कर्मचारी बोनस वापत १२ लाख ८० हजार ८१७ रुपैयाँ, विदा वापतको ७० हजार १३ रुपैयाँ, संचयकोष वापत ३ लाख ४४ हजार ६८७ रुपैयाँ गरी कूल ६७ लाख ३६ हजार ४३० रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

त्यस्तै, आर्थिक बर्ष २०७६–७७ मा सीईओ पोखरेलले तलव तथा भत्ता वापत ५८ लाख ८५ हजार ९६९ रुपैयाँ, कर्मचारी बोनस वापत २० लाख ८ हजार ६५६ रुपैयाँ, संचयकोष वापत ३ लाख ७९ हजार १४६ रुपैयाँ गरी कूल ८२ लाख ७३ हजार ७७१ रुपैयाँ बुझेका थिए । साथै उनले भ्रमण भत्ता वापत स्वदेशमा प्रति दिन २ हजार ७ सय रुपैयाँ, सार्क राष्ट्रमा ७५ अमेरिकी डलर, अन्य देशहरुमा १०० अमेरिकी डलर प्रदान गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७७–७८ तलव तथा भत्ता वापत ६४ लाख ४७ हजार ६६ रुपैयाँ, संचय कोष ावपत ४ लाख १७ हजार ६१ रुपैयाँ, विदा वापत २ लाख ३१ हजार ७ सय रुपैयाँ र बोनस वापत १२ लाख ६५ हजार ८०१ रुपैयाँ गरी कूल ८३ लाख ६१ हजार ६२८ रुपैयाँ बुझेका थिए ।

साथै, आवास कर्जा ५९ लाख २४ हजार ९२५ रुपैयाँ, २५ लाखको दुर्घटना बीमा, र ५ लाखको औषधोपचार बीमा सुविधा रहेको छ ।

सीईओ पोखरेलले ४ बर्षको अवधिमा २ करोड ३६ लाख ८७ हजार ८२९ रुपैयाँ बुझको छन् । उनी बैंकको सीईओ बनेदेखि ४ बर्षमा झण्डै साढे २ करोड रुपैयाँ पारिश्रमिक बुझेका हुन् । तर यस चालु आवको पनि जोड्ने हो भने उनको पारिश्रमिक झण्डै ३ करोड रुपैयाँ बुझ्ने देखिन्छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...