back

इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटको दाबी, पुटिनले माफी मागेः के थियो विवाद ?

काठमाडौं । इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीका लागि माफी मागेको दाबी गरेका छन् ।

अघिल्लो दिन, पुटिन र बेनेटले फोन वार्ता गरेका थिए । यस क्रममा बेनेटले उनको (पुटिन) माफी स्वीकार गरेको बताएका छन् । उनले आफ्नो अडान स्पष्ट पारेकोमा राष्ट्रपति पुटिनलाई धन्यवादसमेत दिए ।

के थियो विवाद ?

रुसी विदेशमन्त्री सर्गेई लावरोफले इटालियन टेलिभिजन च्यानल रेटे ४ च्यानलसँगको कुराकानीमा नाजी नेता हिटलरको नसामा यहूदीहरूको रगत बगेको बताएका थिए ।

सर्गेई लावरोफलाई ‘युक्रेनलाई यहूदीहरुको प्रभावबाट किन मुक्त गर्न आवश्यक छ जबकी उनीहरुका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की आफैं पनि एक यहूदी हुन्’ भनी प्रश्न सोधिएको थियो ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार सर्गेई लाभरोभले इटालियन अनुवादकको सहयोगमा यस प्रश्नको जवाफमा भने, ‘जब उनीहरुले हामी यहूदी हौँ भन्छन् भने त्यो कुन प्रकारको नाजिकरण हो । मलाई लाग्छ कि हिटलर पनि यहूदी मूलका थिए भन्ने तर्कको कुनै अर्थ छैन ।’

उनले थपे, ‘लामो समयदेखि हामीले यो सुन्दै आएका छौँ कि समझदार यहूदी यो भन्छन् कि यहूदीका सबैभन्दा ठूला विरोधी यहूदी आफैँ हुन् ।’

इजरायलको आपत्ति र पुटिनको माफी

लाभरोफको यो भनाइको इजरायलले कडा आपत्ति जनाएको थियो । इजरायलका लागि रुसी राजदूतलाई समेत बोलाइएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार आइतबार इटालियन न्युज आउटलेट मिडियासेटलाई दिएको अन्तरवार्तामा लाभरोभले युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेस्कीले आफू यहूदी भएमा त्यहाँ कस्तो नाजीवाद आउन सक्छ भन्ने तर्क गरिरहेको दाबी गरेका छन् ।

लाभरोभको अन्तरवार्ता ट्रान्सक्रिप्ट रुसी विदेश मन्त्रालयको वेबसाइटमा पोष्ट गरिएको छ, जसमा उनलाई उद्धृत गर्दै लेखिएको छ, ‘म गलत हुन सक्छु, तर हिटलरको नसामा पनि यहूदी रगत थियो ।’

बयानमा विवाद

होलोकास्टमा मारिएका ६० लाख यहूदीहरूको सम्झनामा निर्माण गरिएको इजरायली स्मारक याद वासेमका अध्यक्ष दानी दयानले सर्गेई लाभरोभको भनाइलाई नाजीहरूहरुको हातबाट मारिएकाहरुको अपमान भनेका छन् ।

इजरायलको कान्स रेडियोसँगको कुराकानीमा ड्यानी दयानले सर्गेई लाभरोभले यहूदीहरू विरुद्ध षड्यन्त्रका सिद्धान्तहरू फैलाइरहेका छन्, जसको कुनै आधार छैन ।

उनले सर्गेई लाभरोभको भनाइको निन्दा गर्नुपर्ने बताए ।

यस मार्चको अन्त्यमा, राष्ट्रपति जेलेस्कीले इजरायली संसदमा एक भाषण दिए जसमा उनले इजरायललाई रुसको आक्रमणको बिरूद्ध युक्रेनलाई समर्थन गरेर ‘विकल्प छनोट’ गर्न अपील गरे ।

युक्रेनले पनि इजरायलसँग हतियार मागेको थियो ।

इजरायली अधिकारीहरूले युक्रेनी राहत कार्यकर्ताहरूलाई हेलमेट र बुलेटफ्रुप ज्याकेटहरू पठाइए पनि हालैका दिनहरूमा कुनै हतियार प्रदान नगरिएको बताए ।

मे ५ मा इजरायलले रुसका राष्ट्रपतिले प्रधानमन्त्री बेनेटसँग फोनमा कुराकानी गरेको र आफ्नो विदेशमन्त्रीको भनाईप्रति माफी मागेको दाबी गरेको छ ।

तर रुसले दिएको यो कुराकानीको विवरणमा माफी मागेको कुरा भने उल्लेख गरिएको छैन ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३१

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२)...

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...