back
himalayan life

मदन भण्डारी जोगाउनेदेखि सेल्टर दिनेसम्म १७ जनालाई एमालेको कम्युनिस्ट योद्धा सम्मान,कसकसले पाए?

काठमाडौं।नेकपा एमालेले कम्युनिस्ट आन्दोलनलाई सहयोग पुर्‍याउने १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ ।

कम्युनिस्ट पार्टी दिवसका अवसरमा शुक्रबार आयोजित समारोहमा अध्यक्ष केपी शर्मा ओलीले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे।

सचिव प्रदीप ज्ञवालीले उनीहरुकै योगदानले कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो, बलियो, सहि र सन्नुत विचार भएको पार्टी बनेको बताए।

यहाँसम्म ल्याउन धेरै योद्धाहरुले असाधारण योगदान गरेका छन्। ओझेलमा परेका योद्धाहरु, भुइँमा रहेकाहरु, मन्दिर बनिसकेपछि सबैको आँखा गजुरमा जान्छ। जग बनाउनेहरु महत्वपूर्ण हुन्। त्यस्तै जगका सारथीलाई सम्मान गर्दैछौं। कम्युनिस्ट योद्धा सम्मानबाट सम्मान गर्दैछौं,’ उनले भने।

‘अग्रजलाई सम्मान गर्दै अघि बढ्ने नीति हामीले सुरुवात गरेका छौं,’ उनले भने, ‘राज्यको सुविधा र सार्वजनिक ओहदामा रहनुभएन। पार्टीलाई बलियो र सबल बनाए।’

सचिव ज्ञवालीकाअनुसार सम्मानित हुनेमा झापा आन्दोलनमा सहभागीदेखि मदन भण्डारीलाई जोगाउनेसम्म छन्।

पोखरा स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल सम्मानित भएका छन्। अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसीराम मिश्र सम्मानित भएका छन्।

काठमाडौंकी नानीमैया नकर्मी र मदन भण्डारीलाई जोगाउँदा घाइते भएका गोरखाका कुमार गुरुङ जो मस्तिष्क घातले प्रताडित छन् उनलाई एमालेले कम्युनिस्ट योद्धाबाट सम्मान गरेको हो।

ललितुरका चतुर व्यनजरकार, बागलुङ बसन्तप्रसाद गौचन, मजदुर हरिप्रसाद शर्मा काफ्ले, गायक रामप्रसाद दुवाल सम्मानित भएका छन्।

सिन्धुपाल्चोकका छत्र बोहरा अक्सिजन सिलिण्डरसहित उपस्थित भएर ओलीबाट कम्युनिस्ट योद्धा सम्मान ग्रहण गरे।

शिक्षक नेता माधवप्रसाद अधिकारी, एमाले नेता विष्णु पौडेललाई जेल ब्रेकमा सघाउने चुमकला बन्जाडे, जेल ब्रेक गरेर महाकाली नदीको भेल तरेर संगठन विस्तार गर्ने कञ्चपुरका लक्ष्मीराज जोशी सम्मानित भएका छन्।

झापाका अमर कार्की, भीमबहादुर थापा, काठमाडौंका फोटो पत्रकार एवं कम्युनिस्ट नेताहरुलाई सेल्टर दिने विष्णु ढंगोल, धनुषाबाट ईश्वर पोखरेललाई सेल्टर दिने कुमारी देवी महरा चमार कम्युनिस्ट योद्धाबाट सम्मानित भएका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...