back

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट

nactional life

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफाँट गरिएको छ । इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर चैत्र २८ गतेका दिन बाँडफाँट गरिएको कम्पनीले जनाएको हो ।

इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा १३ हजार ६८९ जना आवेदक शेयरधनीहरुले ४५ लाख ३९ हजार १४९ कित्ताका लागि आवेदन दिएका थिए ।

इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि चैत्र १३ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता (१०ः४) शेयरको अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीको कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको थियो।

इन्स्योरेन्स कम्पनीको ९१ हजार १९५ कित्ता हकप्रद शेयर बिक्री हुन सकेन् । त्यसैले, यो पटक बिक्री हुन नसकेको शेयर लिलामी प्रकृयाबाट बिक्री गरिने कम्पनिले जनाएको छ ।

साथै इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आफ्नो कायम हक भन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको नपरेको हकप्रद शेयरवापतको रकम बैशाख २ गते शुक्रबारदेखि आईपीएस मार्फत फिर्ता पठाउने जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...