back

विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन गर्दैछौँः ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेकी छिन् ।

मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहीआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भएको थियो ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानाडाले नागरिक उडड्यन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

उनले क्यानाडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरिन् ।

नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवद्र्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्रविधिक रुपमा सहयोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “विद्युत खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दैछौँ ।

विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ । यी क्षेत्रमा क्यानाडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ ।”

मन्त्री भुसालले नेपालको विकासमा क्यानाडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरिन् । उनले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानाडा सहकार्य निरन्तर रहनेमा आशा गरिन् ।

राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए ।

क्यानाडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उनले विश्वास दिलाए ।

भेटमा ऊर्जा सचिव देवेन्द्र कार्कीको उपस्थिती थियो । सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र क्यानाडाबीचको सम्बन्ध मैत्रीपूर्ण र सौहाद्र्ध रहँदै आएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख ३ बिहीवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको...

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२८

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति...

३ लाख नाघ्यो सुनको मूल्य

३ लाख नाघ्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली...