कोरोनाको XE भेरियन्ट भेटिएकोमा महाराष्ट्र सरकारले दियो स्पष्टिकरण
वि.सं.२०७८ चैत २४ बिहीवार
भारत । भारतको महाराष्ट्रको स्वास्थ्य मन्त्रीले कोरोनाको एक्सई भेरियन्टको पहिलो संक्रमित भेटिएको भन्ने खबरमा स्पष्टिकरण दिएका छन् ।
स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा यो हालसम्म पुष्टि भइनसकेको बताएका छन् ।
उनले भने, ‘एक्सई (कोरोनाको नयाँ भेरियन्ट) बारे पुष्टिका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी आधिकारिक संस्था हो । हामीले स्याम्पल पठाएका छौँ । हालसम्म पुष्टि भइसकेको छैन ।’
उनका अनुसार एक्सई भेरियन्टमा संक्रमण ओमिक्रोनको तुलनामा १० प्रतिशत तीब्र रुपमा फैलिने बताइएता पनि डराइहाल्नुपर्ने स्थिति छैन ।
एकदिन अघि बीएमसीले मुम्बईमा एक्सई भेरियन्टद्वारा एकजना संक्रमित भएको जानकारी दिएको थियो । यद्यपि, पछि केन्द्रले यसको पुष्टि नगरेको भन्ने खबर मिडियामा आएको थियो ।
प्रकाशित समय : १२:५६ बजे





















