back

मेगा बैंकबाट २०७९ को इक्यालेण्डर सावर्जनिक, छात्राहरुलाई प्राथमिकता

‘विपन्न परिवारका यिनै छोरीहरुलाई हामीले भविष्यमा मेगा स्टारका रुपमा हेर्न चाहन्छौं ः सिइओ अनुपमा खुञ्जेली

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विक्रम सम्वत २०७९ सालका लागि इक्यालेण्डर सार्वजनिक गरेको छ । यस वर्षको क्यालेण्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप मेगा बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ ।

शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम ल्याएको थियो । सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

यो छात्रवृत्तिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो । यसका साथै, सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका छात्राहरुलाई पढाउने लगायतका सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ समेत जित्नुभएको थियो ।

यसपटक क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरुको तस्वीर सार्वजनिक गरी उनीहरुलाई प्रोत्साहन गरिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । ‘विपन्न परिवारका यिनै छोरीहरुलाई हामीले भविष्यमा मेगा स्टारका रुपमा हेर्न चाहन्छौं, सोहीकारण उनीहरुलाई यसपालिको क्यालेण्डरमा प्राथमिकता दिएर प्रोत्साहन गरेका हौं’– उहाँले भन्नुभयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३७

काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३४

काठमाडौँ। नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा करिव...

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

वि.सं.२०८३ साउन २० बुधवार ०९:३१

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्म...

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:२७

काठमाडौँ। बैंकिङ क्षेत्रमा आफ्नो व्यावसायिक दायरालाई तीव्र रूपमा विस्तार गरिरहेको...

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२५

काठमाडौँ । चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...