back

अफगानिस्तानमा बालिकालाई विद्यालयमा बन्देज गरेपछि ७२ अर्बका परियोजनाहरू कसरी रोकियो ?

काठमाडौं । तालिबानले छात्राहरूलाई माध्यमिक विद्यालयमा फर्किनबाट रोकेपछि विश्व ब्याङ्कले अफगानिस्तानमा ७२ अर्ब नेपाली रुपैयाँ बराबरका चार वटा परियोजना रोक्का गरेको छ।

विश्व ब्याङ्कका परियोजनाहरू शिक्षा, स्वास्थ्य र कृषिमा सुधारका क्षेत्रमा लक्षित थिए। ब्याङ्कले यसअघि छात्रा र महिलाहरू सहभागी हुने र उनीहरूलाई फाइदा पुग्ने क्षेत्रमा यो परियोजना केन्द्रित हुने जनाएको थियो।

गत साता तालिबानले महिनौँको प्रतिबन्धपछि विद्यालय खोल्न गरिएको निर्णय उल्टाएको थियो। तालिबानले अफगान परम्परा र सरिया कानुन अनुरूपको पोसाकबारे निर्णय भएपछि मात्रै छात्राहरूका लागि विद्यालय खोल्ने बताएको छ।

यो निर्णयको अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको छ।शनिवार राजधानी काबुलको शिक्षा मन्त्रालय नजिकै प्रदर्शनकारीहरू भेला भएर विद्यालयहरू खोल्न दबाव दिएका थिए।

विश्व ब्याङ्कका परियोजनाहरू अफगानिस्तानका सेवाहरूमा पुरुष सरह महिला र बालिकाहरूको पहुँच बढाउनमा केन्द्रित थिए।यस्ता परियोजनाका लागि छुट्टाइएको रकम अफगानिस्तान पुनर्निर्माण कोष एआरटीएफबाट परिचालन हुने गरेको थियो।

तालिबानले देशको शासन हातमा लिएपछि गत वर्ष पनि यस्तो सहायता खर्च हुन सकेको थिएन।

यही महिनाको सुरुमा विश्व ब्याङ्कको कार्यकारी सञ्चालक समितिले एक अर्ब अमेरिकी डलरभन्दा बढी रकम अफगानिस्तानको शिक्षा, कृषि र स्वास्थ्यका क्षेत्रमा “तत्कालीन आवश्यकता” पूर्तिका लागि विनियोजन गर्ने निर्णय गरेको थियो।

योजना कार्यान्वयनका लागि छुट्टाइएको रकम तालिबान सरकारलाई हस्तान्तरण नगर्ने भनिएको थियो।यस्तो रकम संयुक्त राष्ट्रसङ्घका निकायहरू र सहायता निकायमार्फत मात्रै खर्च गरिने सर्त राखिएको थियो।

“पहिलो चरणमा दाताहरूले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका साथै समुदायको जीवनस्तरका तत्कालीन आवश्यकता मा सहयोगका लागि दाताहरूले करिब ६० करोड अमेरिकी डलर खर्च गर्नेछन्,” ब्याङ्कले मार्च १ मा जारी गरेको वक्तव्यमा भनेको थियो।

“यो ६० करोड सहायतासँगै परिस्थितिले साथ दिए थप पूरक विनियोजनहरू पनि एआरटीएफबाट हुनेछन्,” विश्व ब्याङ्कले भनेको छ। “यो चरणको ढाँचा तरल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै लचक र त्यसै अनुकूलको तयार गरिएको छ।”

जानकारी अनुसार विश्व ब्याङ्कले परियोजनाको लक्ष्य प्राप्ति हुने सुनिश्चितता भएमा कार्यक्रम फेरि सुरु गर्न सक्नेछ।गत शुक्रवार अमेरिका, यूके सहितका १० देशले संयुक्त वक्तव्य जारी गर्दै तालिबानको कदमलाई “अन्त्यतै विचलित” भनेर टिप्पणी गरेका थिए। अमेरिकी विदेश मन्त्रालयले कतारमा हुने तय भएको तालिबानसँगको बैठक समेत स्थगित गरेको छ। बीबीसि र एजेन्सीको सहयोगमा तयार पारिएको।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०५

काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

वि.सं.२०८३ साउन १८ सोमवार १४:५५

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

वि.सं.२०८३ साउन १८ सोमवार १४:५२

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख...

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

वि.सं.२०८३ साउन १८ सोमवार १४:५०

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज...