back

छुट्नु होलाः बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा छिटोमा चैत २१ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:१५

काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त...

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

वि.सं.२०८३ साउन ६ बुधवार १८:३१

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट...

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

वि.सं.२०८३ साउन ३ आइतवार १३:३८

काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...