back

एलजीको ‘नयाँ वर्ष बाँडौँ हर्ष’ अफर सार्वजनिक

काठमाडौं । नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सलले नयाँ वर्ष अभियान ‘यो नयाँ वर्ष, बाँडौँ हर्ष’ अफर सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर बुधबारदेखि सीमित अवधिका लागि नेपालभर लागु हुनेछ ।

ग्राहकहरुले एलजीका विभिन्न ब्राण्डका टिभी, भ्याकुम क्लिनर, रेफ्रीजेरेटरको खरिदमा आकर्षक नगद छुट पाउन सक्नेछन् । यस्तै ग्राहकहरुले साइड बाइ साइड र फ्रेन्च डोर फ्रिज खरिद गर्दा निश्चित रुपमा निःशुल्क एयर फ्राइर वा ह्युमिडिफायर प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

त्यसैगरी, डबल डोर रेफ्रिजरेटर किन्दा उपहार सेट वा ह्यान्ड ब्लेन्डर, माइक्रोवेभ ओभन किन्दा एमडब्लुओ कुकिङ किट, फ्रन्ट लोड वाशिङ मेसिन ( ९ केजी र माथि ) किन्दा इन्डक्सन कुकर वा न्युट्रीब्लेन्डर तथा फ्रन्ट लोड वाशिङ मेसिन ( ८ केजी ) किन्दा एरियल म्याटिक डिटर्जेन्ट (६ केजी ) पाउनेछन् । टप लोड÷ट्विन टब वासिङ मेसिनको खरिदमा आइरन र डिशवासरको खरिदमा डिशवासर ट्याब्लेट प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ।

यो अभियानले क्यासेट र स्प्लिट एसी र फ्लोर स्ट्यान्डिङ एसी खरिद गर्दा ४००० रुपैयाँको निःशुल्क जडान उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले पीएम १.० एयर प्युरिफायर गर्दा निःशुल्क एयर फ्रायर प्राप्त गर्न सक्नेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ साउन १२ मंगलवार १५:११

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:०२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १२ मंगलवार ०८:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ ७६ पैसामा कारोबार

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ ७६ पैसामा कारोबार

वि.सं.२०८३ साउन १२ मंगलवार ०८:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै 

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै 

वि.सं.२०८३ साउन ११ सोमवार १४:५२

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२ औँ...

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

वि.सं.२०८३ साउन ११ सोमवार १४:४९

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले...