back
himalayan life

आजबाट सुनवर्षी बहुउद्देश्यीय सहकारी संस्थाको कारोवार शुरु

काठमाडौं । आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि गुणात्मक एवं दिगो सहकारीको सोचका साथ शेयर सदस्यहरुलाई समाज समुदायमा सरल सहज तरिकाले आधुनिक व्यवस्थीत जीवनयापनमा सहयोग पुर्याउने उद्देश्य राखेको छ ।

नेपाल सरकार सहकारी ऐन २०७४ अन्र्तगत बागमती प्रदेश सहकारी ऐन २०७६ बमोजिम काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाभरी कार्य क्षेत्र कायम भई स्थापित सुनवर्षी बहुउद्देश्यीय सहकारी संस्था लिको चैत्र ६ गतेका दिन कारोवार शुभारम्भ भएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द प्रसाद पाण्डेको प्रमुख आथित्यतामा उक्त सहकारीको सुभारम्भ गरिएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संञ्चालक ध्रुव नारायण यादव, उर्वर नेपाल लिका अध्यक्ष सुदर्शन विक्रम कार्की, काठमाण्डौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघका संयोजक तुल्सी प्रसाद सापकोटा, क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति संस्थाका अध्यक्ष गणेश कुमार घिमिरेले गरेका थिए ।

सञ्चालकहरुको सहकारी शिक्षाले संस्थामा सुशासन र पारदर्शिकता ल्याउनुपर्ने र वचत तथा ऋणको लक्ष्य नराखी आ–आफ्नो संस्थाको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए । अहिले सहकारीहरु किनवेच हुने कुरा आफ्नो जानकारीमा आएकोमा त्यसलाई प्रदेश सरकारले आफ्नो विभाग र भुमि तथा सहकारी मन्त्रालय मार्फत विशेष निगरानिमा राखि कारवाहिको दायरामा ल्याउने उनले बताए ।

सहकारी अभियानमा आफ्नो अनुभवहरु सुनाउँदै सहकारीहरुले आफ्नो सदस्यहरुको स्वास्थ्य सेवामा पनि सहकारी मार्फतनै कुनै कार्यक्रम तय गर्नुपर्ने र सहकारी अनुकुल नभएका पुराना निति नियमहरुलाई परिमार्जन गर्नमा पहल गर्ने कुरामा विश्वस्त पारे ।

साथै क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मीले प्रविधिमा सहकारीहरुलाई सघाउनको लागी क्यान महासंघ तयार रहेको जानकारी दिए । राष्ट्रिय सहकारी बैंकका संञ्चालक ध्रुव नारायण यादवले संस्थाको सुशासन र प्रगती हातेमालो गर्न तयार रहेको जानकारी गराए ।

उर्वर नेपालका अध्यक्ष सुदर्शन विक्रम कार्कीले सहकारीसंग सहकार्य गरी कृषक र कृषि पेशालाई आधुनिकि करण गर्नको उर्वर नेपाल लि.सदैव तयार रहेको वताए ।

काठमाण्डौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघका संयोजक तुल्सी प्रसाद सापकोटाले प्रारम्भीक साधारण सभावाट निर्वाचित संचालक समिति एव लेखा समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै संस्थालाई आवस्यक पर्ने प्राविधिक तालिम एवं सहकारी शिक्षा प्रदान गर्न काठमाण्डौँ जिल्ला बहुउद्देश्यीय सहकारी संध लि. तयार रहेको जानकारी गराए ।

संस्थाको तर्फवाट अध्यक्ष गणेश कुमार घिमिरेले वर्तमान सहकारी बजारमा रहेका विभिन्न विसंगती एवं चुनौतिहरुको सामना गर्दै चुक्ता पूँजी र संस्थाको उद्देश्य अनुरुप बहुउद्देश्यीय कार्यहरु गर्नुका साथै, निक्षेप संकलन, कर्जा सापटी, मुनाफा आर्जन र कारोबारमा सहकारी ऐन, नियम, विनियम र विभिन्न समयमा जारी निर्देशनहरुको पुर्णपालना गर्ने बताए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

वि.सं.२०८३ असार १७ बुधवार १०:४५

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र...

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

वि.सं.२०८३ असार १६ मंगलवार १३:२१

काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि...

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

वि.सं.२०८३ असार १६ मंगलवार १३:०८

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित...

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

वि.सं.२०८३ असार १५ सोमवार १७:०१

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान...

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

वि.सं.२०८३ असार १५ सोमवार १६:५३

काठमाडौं । नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस...