एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्तो छ समय तालिका
वि.सं.२०७८ चैत ३ बिहीवार
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।
पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ । निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।
प्रकाशित समय : ०९:०७ बजे






















