back
himalayan life

हिमालयन जनरल इन्स्योरेन्सको ७ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको सभा सोमबार केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा सम्पन्न भएको हो ।

इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन, चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै अन्य कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रयोजनको लागि अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने र संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

इन्स्योरेन्सको २८ औँ वार्षिक साधारण सभा संचालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको हो । सभामा हालको बीमा बजारलाई दृष्टिगत गर्दै कम्पनीको शाखा कार्यालयहरु तथा डिजिटल प्रविधिको थप विस्तार गरी एक अब्बल सेवा प्रदायक बन्ने उनले बताए ।

आर्थिक वर्ष २०७७–७८ मा खुद प्रिमियम तर्फ ६.४० प्रतिशत बृद्धि भएको छ भने बीमा कोष ५६ करोड १९ लाख रुपैयाँबाट बढेर ६१ करोड ७० लाख रुपैयाँ पुगेको छ । साथै रिटेन्ड अर्निङ्ग ७ करोड ८० लाख बाट बढेर ८ करोड ३० लाख रुपैयाँ पुर्याउन सफल भएको छ । इन्स्योरेन्सको सभाले बोनस शेयर पारित गरेपश्चात चुक्ता पुँजी १ अर्व १७ करोड रुपैयाँ पुगेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...