back

अमेरिकी मन्त्रीलाई प्रश्न : रुसको आक्रमणमा युक्रेनका राष्ट्रपति मारिए के हुन्छ ?

nactional life

काठमाडौं । रुसले बाह्र दिनदेखि युक्रेनमा घातक आक्रमण जारी राखेको छ । प्रमुख निशानामा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की छन् ।

उनको यसअघि तीन पटकसम्म हत्या प्रयास भएको समाचार सार्वजनिक भएका छन् । यद्यपि त्यो योजनालाई युक्रेनी सेना र स्वयंसेवक लडाकुले विफल बनाएको बताइन्छ ।

गत शनिबार युक्रेनका राष्ट्रपतिले अमेरिकी संसदलाई सम्बोधनको क्रममा यो आफ्नो अन्तिम उपस्थिति हुनसक्ने भन्दै भावुक सम्बोधन गरेका थिए ।

यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनलाई सीबीएस समाचार च्यानलको एक अन्तरवार्तामा प्रश्न सोधियो– यदि रुसको आक्रमणमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की मारिए भने के होला ? यस प्रश्नको जवाफमा ब्लिंकनले भनेका छन्– युक्रेन सरकारसँग आकस्मिक योजना छ । यसबारेमा म विस्तारमा भन्न चाहन्न ।

उनी अगाडि भन्छन्– हामी यो कुराको तय गर्ने छौं कि युक्रेन सरकारलाई सत्तामा राखिराख्न के गर्नुपर्छ । यो कुरा ममाथि छाड्दिनुस् ।

अमेरिकी विदेशमन्त्री ब्लिंकनले जेलेन्स्की नेतृत्वको सरकार रुसविरुद्ध डटिरहेको र युक्रेनी जनताले गजबको साहस देखाएको भन्दै प्रशंसासमेत गरेका छन् ।

२४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गरेको छ । आक्रमणको अमेरिकासहित पश्चिमा देशहरुले विरोध गर्दैै रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । एजेन्सीको सहयोगमा

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु...

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२१

काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै...