back

लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुर कमलविनायकमा

काठमाडौ। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १४२औँ शाखा भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा न. १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ।

यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५ सयभन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत बैंकिङ्ग सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।

nactional life
Corporatebazar 11 Anniversary

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...