back

ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई स्वदेशमै निर्मित बेबी वार्मर प्रदान

nactional life

काठमाडौ। ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत पोखरा महानगरपालिका वडा नं ३० – कास्की स्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।

बैंकले अस्पताललाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक शाखा प्रबन्धक सागरमणि भण्डारीद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गरिएको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तर दायित्वसम्बन्धि कार्यहरु गर्दै आएको छ​।

बैंकले१३ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा “न्यानो नानी” बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको थियो।

ज्योति विकास बैंकले हाल१११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...