back

‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत

काठमाडौँ। नबिल बैंक लिमिटेड ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको छ । बैंक र नेप्सेबीच आज सूचीकरण सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल २२ लाख ७ हजार १०८ इकाइ भएको ऋणपत्रको सूचीकरण भएको छ । सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन्।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि गत साउन १० मा आह्वान गरी साउन ३१ गते बाँडफाँड गरेको थियो। सूचीकृत ऋणपत्र भोलि मंसिर १६ गतेबाट नेप्सेमा एनबीएलडी८५’ संकेतबाट कारोबारमा आउने छ।

सातवर्षे अवधिको यो ऋणपत्रको भुक्तानी मिति २०८५ साउन ३० मा रहेको छ।

यसका साथै नबिल बैंकका तर्फबाट यस ऋणपत्रको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्नेलगायतका रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिस्ट्रार सम्झौता समेत गरिएको छ।

सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।

नबिल बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...