नेप्सेमा थपियो ७.७ करोड कित्ता सेयर
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.७ करोड कित्ता सेयर थपिएको छ। नेप्सेमा आज हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ७ करोड ७० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।
यो कम्पनीले गत साउन ५ गतेबाट भदौ ८ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गरेको थियो।
प्रकाशित समय : १३:३२ बजे






















