back
himalayan life

कोरोनाकाल अनिश्चित छ, लकडाउनको अर्काे विकल्प खोज्नुपर्छः गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लकडाउनको अर्काे विकल्प खोज्नुपर्ने बताएका छन् । १३२ औ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गोल्छाले कोरोना तत्काल नियन्त्रण हुन नसक्ने सबैमा अनुमान र अवतग रहेको बताउँदै लकडाउनको अर्काे विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले कार्यक्रममा श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेका थिए । श्रम सम्बन्ध सुधारको दिशातिर बढि रहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई छ ।
गोल्छाले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको बताए । साथै यस्तो समयमा सबै क्षेत्रबाट सहकार्यमा जानुपर्ने बताए । उनले भने ‘अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको छ ।’

‘यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रीत हुनुपर्छ ।’–‘विश्वभरी नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाँडै नियन्त्रणमा आउने संभावना छैन । यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नुपर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौ । संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसबाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।’

स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न सम्बन्धित क्षेत्रमा आग्रह गरेको बताए । साथै यो चुनौतीपूर्ण घडीमा सर्तकतापूर्वक जोखिम न्यूनिकरणका उपाय अनिवार्य रूपमा पालना गरी काममा निरन्तरता दिनुको विकल्प नरहेको समेत जिकिर गरे ।

साथै उनले आफ्नो देशमा स्वदेशी कामदार भन्दा विदेशि अर्थात भारतका कामदारले नेपालको रोजगारी पाएकोमा आपत्ति समेत जनाएका छन् । यस्तो किन भैरहेको छ यसको खोजी गर्नुपर्ने माग समेत राखेका छन् । उनले भने ‘हामी लगानी बृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छौ तर उद्योगहरूको विस्तार र लगानी किन बढन सकेको छैन्? अहिले ७–८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाईन्छ । किन यसो भईरहेको छ ? भन्दै उनले यसको कारण खोज्न जरूरी छ भने । गोल्छाले भने, ‘धेरैजसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् । तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैन्न् । यसको कारण के हो ?’
‘सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै उनले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आईरहेको छ? यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा बताए ।

यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजबुझका साथ सहकार्य गर्नुपर्ने भन्दै उनले सबै श्रमिक कामदार कर्मचारीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना समेत गरे । महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा अगाडि आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१०

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय...

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०५

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि...