back

रिचार्जर प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ । इकमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्ने भएको हो ।

२०७७ बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीमा कोरोना संक्रमण देखिएको खण्डमा अस्पतालसम्म पुग्नका लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरिएको रिचार्जरले जनाएको छ । सेवाग्राही आफैंले एम्बुलेन्स व्यवस्था गरेको खण्डमा अस्पतालका कागजात सहित रिचार्जरमा सम्पर्क गर्दा एम्बुलेन्समा लागेको खर्च रिचार्जरले उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

यसका साथै कोभिड प्रोटेक्टिभका सामानहरु ८० प्रतिशतसम्मको छुटमा घरमा निशुल्क डेलिभरी हुने व्यवस्था रिचार्जरले गरेको छ । यसका लागि सेवाग्राहीले रिचार्जरको मोबाइल एपबाट सामान अर्डर गर्नु पर्ने हुन्छ ।
निषेधाज्ञाका बेला सामान किन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै रिचार्जरले विभिन्न बैंकका क्रेडिट कार्ड वाहकहरुलाई तत्काल किस्ताबन्दीमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने छ । बैंकका क्रेडिटकार्ड वाहकले रिचार्जरबाट सामान खरिद गरेर लकडाउन पछि उक्त रकमलाई किस्ताबन्दीमा रुपान्तरण गर्न सक्नेछन् ।
किस्ताबन्दीमा ग्याजेट्स किन्न चाहने तर क्रेडिट कार्ड नभएकाहरुले रिचार्जर एपमा दिइएको कोटेशन फिल अप गरे पछिका प्रकृया पुरा गर्न अनलाइनबाटै कागजात बुझाएर सामान अर्डर गर्न सक्ने छन् ।
ग्याजेट्स किन्दा विभिन्न बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नेले १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् भने इसेवाबाट रकम भुक्तानी गर्नेले १५ प्रतिशतसम्म क्यास प्वाइन्ट रिडिम गरी सामान किन्न सक्ने छन् ।
रिचार्जरका नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेर खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाउने छन् । मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र विभिन्न सेवाको बिल भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइनेछ । यसरी प्राप्त क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा सदुपयोग गर्न सकिन्छ ।


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...