back
Naima

दसैँका लागि आजैबाट बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ । दसैँमा घर जानका अग्रिम टिकट बुकिङ खुला भएको छ । आजबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्न बिहानैदेखि सर्वसाधारण पुगेका छन्। कोभिड संक्रमण जोखिमलाई ध्यानमा राखेर टिकट काट्न पुगेकाहरुलाई भौतिक दूरी कायम गर्ने गरी लाइनमा बस्ने व्यवस्था गरिएको छ।

भीडभाड कम होस् भने बसपार्कमा ३२ वटा टिकट काउन्टरमार्फत अग्रिम बुकिङ खुला गरिएको छ। यसपालि थप ११ वटा काउन्टर थपिएको छ।

गत बिहीबार बसेको यातायात व्यवस्था विभागको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

विभागले भौतिक उपस्थितिमै टिकट काट्ने व्यवस्थालाई निरुत्साहित गर्न अनलाइन बुकिङ गर्न यातायात व्यवसायीलाई आग्रह पनि गरेको थियो। सोहीअनुरुप कतिपय यातायात व्यवसायीले अनलाइन टिकट बुकिङको व्यवस्था पनि मिलाएका छन्।

२०७८ असोज ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...