back
skip this gaugauma singhadarbar

नेप्सेमा उच्च अंकको गिरावट, कति भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। आइतबार नेप्से परिसूचक ७८.८३ अंक घटेर २५०३.३५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डक्स ४.३२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ५ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ६७ हजार २०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँबराबरको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.०१ प्रतिशत बढेको छ। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको ३७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम ३६ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ४.७९ प्रतिशत घटेको छ भने वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्।

nactional life -asoj
gaugauma singhadarbar

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:३७

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ कात्तिक १७ सोमवार १३:०९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२...

कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा

कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:२२

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ ।...

फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:१९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे १३ करोड...

नेप्सेमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन

नेप्सेमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकहरुको...