back

नेप्सेमा उच्च अंकको गिरावट, कति भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। आइतबार नेप्से परिसूचक ७८.८३ अंक घटेर २५०३.३५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डक्स ४.३२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ५ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ६७ हजार २०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँबराबरको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.०१ प्रतिशत बढेको छ। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको ३७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम ३६ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ४.७९ प्रतिशत घटेको छ भने वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:२४

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१०

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपीओ) विधिमा...

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा....

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...