आजबाट अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य कायम हुने
वि.सं.२०८१ चैत ७ बिहीवार
नेपाल स्टक एक्सचेन्जले आजबाट अन्तिम कारोबार मूल्य परिवर्तन गर्ने भएको छ। नेप्सेले एक सूचना जारी गर्दै जानकारी गराएको छ।
सूचना अनुसार दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ।
यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यस अघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ।
प्रकाशित समय : १०:५८ बजे




















