जस्मिन पेन्ट्सले ५ करोडको आइपीओ जारी गर्ने
वि.सं.२०८१ पुस २३ मंगलवार
काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले प्राथमिक शेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ ।
जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोबार र बजार विस्तार गर्दै आईरहेको छ ।
प्रकाशित समय : १२:३८ बजे





















