आईपीओ निष्काशन गर्दै मादमे खोला हाईड्रोपावर
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । मादमे खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने मुख्य प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको हो । कम्पनीले सभामा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, कम्पनीको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वित्तीय विवरण पारित गर्ने,कम्पनीको लेखापरीक्षणको प्रतिवेदसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षणको प्रतिवेदन नियुक्ती तथा निजको पारीक्षमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
प्रकाशित समय : १४:५२ बजे





















