back

राधि विद्युत कम्पनीको लाभांश घोषणा, बोलायो साधारण सभा

काठमाडौं । राधि विद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

सोही लाभांश पारित गर्न कम्पनीले आगामी पुस १८ गते ललितपुरमा रहेको दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यूमा बिहान १० बजे साधारण सभा समेत बोलाएको छ ।

सभामा लाभांशको विशेष प्रस्ताव पारित हुनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र उक्त कार्यका लागि नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने बताएको छ । यसर्थ पुस ३ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागि हुन र लाभांश हात पार्न सक्नेछन् ।

 


ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

वि.सं.२०८१ माघ १० बिहीवार ११:०६

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि प्राथमिक...

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वि.सं.२०८१ माघ १० बिहीवार १०:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको...

बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८१ माघ ९ बुधवार १५:१७

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढेको...

आजदेखि आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिन सकिने, ब्याजदर कति ?

आजदेखि आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिन सकिने, ब्याजदर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १३:४१

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आज माघ ९ गतेदेखि ऋणपत्र...

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान, कति थियो लागत ?

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान, कति थियो लागत ?

वि.सं.२०८१ माघ ८ मंगलवार ११:५०

सुर्खेत  । डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत्...

साताको दोस्रो कारोबार दिन ६.७८ अंकले बढ्यो शेयर बजार, कारोबार रकम साढे ६ अर्ब बढी

साताको दोस्रो कारोबार दिन ६.७८ अंकले बढ्यो शेयर बजार, कारोबार रकम साढे ६ अर्ब बढी

वि.सं.२०८१ माघ ७ सोमवार १५:२०

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार सामान्य अंकले...