सेयर बजारको उकालो यात्रा, ७ अर्बमाथिको कारोबार
वि.सं.२०८१ कात्तिक १ बिहीवार
काठमाडौं । सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज सेयर बजार सानो अंकले बढेको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकम पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३१६ कम्पनीको एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच भयो। आज कुल १३ उपसूचक मध्ये ७ सूचक बढेका छन् भने ६ सूचक घटेका छन् ।
आज अधिकांश कम्पनीको सेयर मूल्य घटेका छन् । १४२ कम्पनीको सेयर मूल्य घट्दा ८९ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको मूल्य स्थिर छ ।
प्रकाशित समय : १५:१५ बजे






















