back
himalayan life

हप्ताभरी कारोबार गर्दा टप १० ब्रोकरमा कुन ब्रोकरले ‘बाई’ र कुनले ‘सेल’ पोजिसन लियो ?

टप १० मा परेका ब्रोकरहरुमध्ये ४ वटाले मात्रै ‘बाई’ भन्दा बढी ‘सेल’ गरेका छन्

काठमाडौँ । दशैं आउनु केही अगाडि बढेको बजारलाई लगानीकर्ताले दशैं मनाउने जोहोको रुपमा प्रयोग गर्दा शेयर बजार केही घट्न थालेको छ ।

हप्ताभरी कारोबार गर्दा कारोबार रकमका आधारमा टप १० मा परेका ब्रोकरहरुमध्ये ४ वटाले मात्रै ‘बाई’ भन्दा बढी ‘सेल’ गरेका छन् भने ६ वटाले ‘बाई’ पोजिसन नै लिएको ब्रोकरको तथ्यांकले देखाउँछ ।

त्यही तथ्यांकलेलाई आधार मानेर हेर्दा ‘टप टेन’मा परेका १० ब्रोकरमध्ये ५८ नम्बरको नासा सेक्युरिटिजले ३६ करोड २७ लाखको शेयर किन्दा ४५ करोड ४५ लाख रुपैयाँको शेयर बिक्री गरेकाे छ। नासाले बुधबार ९ करोड १७ लाख रुपैयाँको बढी शेयर बिक्री गरेको फ्लोरसिटबाट देखिन्छ ।

४९ नम्बरको अनलाइन सेक्युरिटिजले २१ करोड ७३ लाख रुपैयाँको शेयर किन्दा २७ करोड ६४ लाख रुपैयाँको शेयर बिक्री गरेकाे छ । अनलाइनले ५ करोड ९१ लाख रुपैयाँको बढी शेयर बिक्री गरेको छ ।

यसैगरी ब्रोकर नम्बर ४४ को डाइनामिक मनी म्यानेजर सेक्युरिटिजले १९ करोड ६० लाख रुपैयाँको शेयर खरिद गर्दा २१ करोड ८ लाख रुपैयाँको शेयर बिक्री गरेको छ । डाइनामिकले १ करोड ५२ लाख रुपैयाँ बढीको शेयर बढी बिक्री गरेकाे छ।

त्यस्तै ब्रोकर नम्बर ३८ को दीपशिखा धितोपत्रले १५ करोड १६ लाख रुपैयाँको शेयर खरिद गरी १६ करोड ६९ लाख रुपैयाँको शेयर बिक्री गर्दा १ करोड ५२ लाख रुपैयाँ बराबरको बढी शेयर बिक्री गरेकाे छ।

यसैगरी यता ब्रोकर नम्बर ४५ को इम्पेरियल सेक्युरिटिटिज, ब्रोकर नम्बर ३४ को भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ४२ को सनि सेक्युरिटिज, ब्रोकर नम्बर ५७ को आर्यतारा इन्भेष्टमेन्ट, ६५ को शेयरप्रो सेक्युरिटिज र ब्रोकर नम्बर ३२ को प्रिमियर सेक्युरिटिजले भने ‘सेल’ भन्दा बढी रकमको शेयर ‘बाई’ गरेकाे छ।

इम्पेििरयलले सेल भन्दा ८ करोड ७५ लाख रुपैयाँ बढीको शेयर ‘बाइ’ गरेकाे छ भने भिजन सेक्युरिटिजले ५ करोड, सनि सेक्युरिटिजले ३ करोड ४१ लाख, आर्यताराले १ करोड २१ लाख, शेयरप्रो सेक्युरिटिजले ३ करोड ६८ लाख र प्रिमियर सेक्युरिटिजले २३ लाख ९२ हजार रुपैयाँ बढीको बढी शेयर ‘बाई गरेकाे छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...