back
himalayan life

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले मंगलबार पनि निरन्तरता पाएको छ ।

दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.०९ अंक घटेर २ हजार ६३२.९४ अंकमा बन्द भएको छ । हिजो सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २ हजार ६४६.०३ अंकमा बन्द भएको थियो ।

आज दिनभरिमा ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता सेयर १ लाख ११ हजार पटक खरिद–बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

हिजो सोमबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता सेयर १ लाख ११ हजार पटक खरिद–बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार कित्ता सेयर ९३ हजार ४५९ पटक खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको ०.६९ प्रतिशत, फाइनान्स समूहको ०.९९ प्रतिशत, जलविद्युत समूहको ०.७१ प्रतिशत, लगानी समूहको ०.५३ प्रतिशत, जीवन बीमा समूहको ०.७६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको ०.६८ प्रतिशत, लघुवित्त समूहको ०.९१ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३० प्रतिशत, निर्जीवन बीमा समूहको ०.४० प्रतिशत, अन्य समूहको ०.४४ प्रतिशत घटेको छ । तर, व्यापार समूहको ०.७९ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन समूहको स्थिर रहेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर १० प्रतिशत अर्थात् १७३ रुपैयाँ बढेर १ हजार ९०३ रुपैयाँ पुगेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.९० प्रतिशत, अपर स्याङ्गे हाइड्रो ७.५४ प्रतिशत बढेको छ ।

नेप्सेका अनुसार आज हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको सेयर प्रतिकित्ता १७७ रुपैयाँका दरले २९ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँ, सीईडीबी हाइड्रोको सेयर २० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...