back
himalayan life

४०.७६ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजार उकालो लागेको छ । उतारचढावका बीच सेयर बजार उकालो लागेको हो । आज नेप्से परिसूचक १.४७ प्रतिशत अर्थात् ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन कुल १३ उपसमूहमध्ये ७ समूहको उपसूचक हरियाली छन् भने बाँकी ६ उपसूचक राताम्य बनेको छ । आज बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सोचेअनुरुप नआएपछि यी सेक्टर भने घटेका हुन् । यस दिन होटल एण्ड पर्यटनको सर्वाधिक ६.६९ प्रतिशतको ग्रोथ देखिएको छ ।

त्यस्तै व्यापार र अन्य समूहमा पनि लगानीकर्ता झुम्मिएका छन् । यी २ समूहम ५ प्रतिशतभन्दा धेरैको वृद्धि देखिन्छ ।

हाइड्रोपावर, लगानी, जीवन बीमा, र निर्जीवन बीमा समूह पनि बढेका छन् ।यस दिन फाइनान्स समूह सबैभन्दा धेरै ४.६१ प्रतिशतले घटेको छ । बैंकिङ समूह, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचुअल समूहको घटेको छ ।

८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रूरू जलविद्युत, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

लगातार उकालो लागेको नेपाल फाइनान्सको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक १ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...