back
himalayan life

साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो: बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

कुन को कति भयो कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा रौनकता देखिएको छ । बिहीबार सेयर बजार २४०० बिन्दुमाथि उक्लिएको छ।यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा उक्लिएको छ ।

ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १६.३७ अंकले बढेर ४३६.१४ बिन्दुमा पुगेको छ।

यस दिन कारोबार रकमले पनि १५ अर्ब नाघेको छ । बिहीबार १५ अर्ब २५ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार अवधिभर ३१२ कम्पनीको एक लाख ८१ हजार २८० पटकको कारोबारमा ३ करोड ९२ लाख २ हजार ९५८ कित्ता सेयर किनबेच भएको छ ।

आज फाइनान्स र लगानी समूह बाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । आज बैंकिङ सेक्टरमा उछाल नै आएको छ । बैंकिङ समूह ६.२८ प्रतिशतले बढेको छ ।

यस दिन १४३ कम्पनीको सेयरमूल्य बढेको छ । ९५ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको भने स्थिर छ ।

आज नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसहित ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

यता, कुमारी सबल फण्ड, सिन्धु विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्ससहित ९५ कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन् ।

कारोबारमा भने नेपाल फाइनान्स अगाडि देखिएको छ । कम्पनीको ४२ करोड ४६ लकः ८३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सर्वाधिक कारोबार हुने अन्य कम्पनीमा अप्पर तामाकोशी, ङदी ग्रुप पावर, शाइन रेसुंगा बैंक, कुमारी बैंक लगायत कम्पनी अग्रस्थानमा छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...