साताको पहिलो दिन ११ अंकले घट्यो सेयर बजार
वि.सं.२०८० फागुन २० आइतवार
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार ११.७८ अंकले घटेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ उपसूचकमा राताम्मै भएको छ ।
प्रकाशित समय : १६:४२ बजे






















