back

अनिशको पक्राउमा पत्रकार महासंघ काठमाडौँको ध्यानाकर्षण, रिहा नगरे आन्दोलन गर्ने

काठमाडौँ । उज्यालो नेटवर्क डटकम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर श्याम तामाङ ‘अनिश’ लाई प्रहरीले गिरफ्तार गरेको घटना प्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । क्रियाशिल पत्रकार तथा पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य समेत रहेका अनिशलाई गत ९ बैशाखमा सम्मानित उच्च अदालत पाटनले समाचार छापेकै आधारमा कानुन विपरित हुने गरी धरपकड गर्ने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको अवस्थामासमेत अदालतको आदेश विपरित कार्यालयमा नै गएर प्रहरीले धरपकड गरेको र क्यामेरा तथा मोबाइल सहितका संचार सामग्रीसमेत जफत गरेको घटना निन्दनीय रहेको महासंघले जनाएको हो ।

‘संविधानद्धारा नै पदत्त प्रेस स्वतन्त्रताको बर्खिलाप हुने गरी तथा अदालतको आदेशकोसमेत ख्याल नगरी एवम् समाचार प्रकाशन गर्ने संस्थासमेतबाट समाचारको खण्डन गरिसकेको अवस्थामा नीज पत्रकारलाई गरिएको पक्राउको हामी घोर भत्र्सना गर्दछौं । प्रकाशित समाचारको विषयमा असहमती भए कानुनी उपचार खोज्ने बाटो हुँदा हुँदै पत्रकारलाई नै गिरफ्तार गर्नु दुःखद्समेत हो ।’ विज्ञप्तिमा उल्लेख छ । ‘महासंघ काठमाडौं शाखा प्रहरीद्धारा गिरफ्तार गरिएका नीज पत्रकारलाई बिनाशर्त तत्काल रिहा गर्न, जफत गरिएका संचार सामग्री जस्ताको तस्तै यथासिघ्र फिर्ता गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न पत्रकार महासंघ काठमाडौं शाखा सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ ।’
महासंघले पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा नगरिए महासंघ आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...