back

नेपाल चेम्बरद्वारा ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेट लगायत अत्यावश्यक सामग्रीहरू वितरण गरेको हो ।
चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा आइतबार सामग्रीहरू वितरण गरेको हो ।
चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपक कुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । उक्त अभियानअन्तर्गत बिरामीहरूको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरिएको चेम्बरले जनाएको छ ।
वीर अस्पतालका तर्फबाट प्रा. डा. रमिला श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका प्रा. डा. पवनराज चालिसेले उक्त सामाग्रिहरु बुझेका हुन् । यस्तै चेम्बरले छत्रपाटी निःशुल्क चिकित्सालयबाट डा. मनोज श्रेष्ठ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंह, कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागाईँलाई सामग्रीहरू हस्तान्तरण गरेको छ ।

परोपकार मातृ तथा बाल अस्पतालका डा. आशालक्ष्मी प्रजापतिले उक्त सामाग्रीहरु बझेकी छिन् । अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथासिघ्र सिलिन्डर तथा अक्सिजन कन्सेन्टेटर आयात गरी एक साताभित्र अस्पतालहरूमा वितरण गरिने नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लसहित वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मलहोत्रा र उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरू नवराज ढकाल र सन्तोष पाण्डेको उपस्थिति थियो ।

२०७८ जेठ २ गते प्रकाशित


melung
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

वि.सं.२०८० भदौ १ शुक्रवार १४:२१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

वि.सं.२०८० साउन ३१ बुधवार १०:१६

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

एनआईएमबी एस क्यापिटल लिमिटेड र र गोल्छा ग्रुपबीच सम्झौता

एनआईएमबी एस क्यापिटल लिमिटेड र र गोल्छा ग्रुपबीच सम्झौता

वि.सं.२०८० साउन १५ सोमवार १४:२३

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपालइन्भेष्टमेन्ट बैंक लिमिटेड)...