back
skip this Samagra

पाकिस्तानको सिन्धमा गोली चल्दा ९ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् ।
प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो ।
घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरुले एकअर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले शवहरु बरामद गर्नुका साथै घाइतेहरुलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ । स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताउनु भएको छ ।

२०७८ जेठ २ गते प्रकाशित


संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

वि.सं.२०८० फागुन ७ सोमवार २०:०७

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका...

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

वि.सं.२०८० फागुन ६ आइतवार १५:१७

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र...

आईएमएस ग्रुप र सबको फोनबिच मोबाइल एक्सचेन्जका लागि साझेदारी

आईएमएस ग्रुप र सबको फोनबिच मोबाइल एक्सचेन्जका लागि साझेदारी

वि.सं.२०८० फागुन ३ बिहीवार ०८:३५

काठमाडौं । नेपालका लागि सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र...

मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण,हालसम्म ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू सञ्चालनमा

मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण,हालसम्म ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू सञ्चालनमा

वि.सं.२०८० फागुन १ मंगलवार २०:२३

काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा...

नेपाल हिमालय सिमापार वाणिज्य संघको महासचिव पदमा रामचन्द्र पराजुलीको उम्मेद्वारी घोषणा

नेपाल हिमालय सिमापार वाणिज्य संघको महासचिव पदमा रामचन्द्र पराजुलीको उम्मेद्वारी घोषणा

वि.सं.२०८० माघ २६ शुक्रवार १६:२८

काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य संघको १२ औं महाधिवेशनमा...

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणः अरुण चौधरीसहित तीनै जना रिहा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणः अरुण चौधरीसहित तीनै जना रिहा

वि.सं.२०८० माघ २४ बुधवार १३:०९

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ...