back

क्यार्लिफोनिया च्याप्टरको अध्यक्ष पदमा पोखरेलको उम्मेदद्धारी, यस्ता छन् प्रतिवद्धताहरु

२१ वैशाख, काठमाडौँ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका क्यार्लिफोनिया च्याप्टरको सभापती पदका लागि विनय पोखरेलले उम्मेद्वारी दिएका छन् । क्यालीफोर्निया बासी नेपालीको हकिहतमा सदैव लाग्ने र यस संस्थामा रहेका विभिन्न कमिकमजोरिलाइ सुधार्ने उद्देश्यका साथ आफुले उम्मेद्वारी दिएको पोखरेलले बताएका छन् ।
पोखरेलका प्रतिज्ञाहरुः

आदरणीय क्यालीफोर्निया बासी नेपाली अमेरिकन आमा बुवा , दिदीबैनी दाजुभाई तथा बिधार्थी भाईबैनीहरूमा नमस्कार, म विनय पोखरेल बब समाजको हित र सेवामा  निरन्तर रहिआएको छु, अझै गैर आबासिय नेपाली हरू माझ धेरै कुरा हरू अपुरा छन् ति काम हरूलाई पुर्णता दिन मैले गर्न सक्ने तथा त्यो भन्दा बढी समाजको चाहना अनुरूपको प्रयास गर्न गराऊन म सक्षम छु भन्ने अठोटका साथ मैले २०२१–२३ को गैरआबासिय नेपाली समाज अमेरिकाको क्यालिफोर्निया च्याप्टर सभापतीमा मेरो ऊमेद्वारी घोषणा गरेको छु ।

–क्यालिफोर्नियामा बसोबास गर्ने ४० हजार गैर आबासिय नेपाली लाई २० हजार सदस्य पुर्याऊने छु । जो, आजसम्म २००० कटाऊन सकिएको छैन ।
–जेहेन्दार बिध्यार्थीको लागी स्कलरसिपको बेबस्था गर्र्ने छौ ,जुन आजसम्म पढेर के हुन्छ घन्टा हान्नु पर्छ मात्र भन्नेले बिगारे तर म पढ्नु पर्छ भन्ने ऊच्च मनोबल बढाऊछु ।
–भै परी आऊने समस्या “मर्दा पर्दा “ मा जहिले यहा गो फन्ड भन्यो वा २ सय ४ सयको सधै मगन्ते तरिका लाई हटाएर ब्यबस्थित गैर आबासिय नेपालीको समस्या समाधान गर्ने दिर्घकालीन ब्यबस्था गर्ने छु ।
–टुरिस्ट भिजामा नेपाली प्यारेन्ट्स आऊदा हॉस्पिटल जानु परेमा निशुल्क ऊपचार ब्यबस्थाको लागी सबैलाई सहयोग पुर्याऊने छु जुन मैले आजसम्म गरि गराई आएको छु ।
–गैर आबासिय नेपाली समाज लाई सिटी देखी स्टेट सम्म कनेक्सन गराऊने छु, जुन पहिले प्रयास भन्दा पनी प्रचारमा ब्यस्त देखियो ।
–नेपालबाट तत्कालै यहा आईपुग्नु भएको समस्त नेपालीलाई तत्काल बास, गास र जागीर को सहयोग स्थापना गर्ने छु ।
–नेपाल भन्दा ३ गुणा ठुलो क्यालिफोर्नियामा छरिएर रहेका नेपालीहरूको लागी मुख्य-मुख्य शहरमा सामुदाईक केन्द्र स्थापना गर्न नेपाली समाज भन्दा बाहिर बिदेशीहरू भित्र डोनरहरूको लागी पहल गर्ने छु ।

–नेपाली समाज भित्र रहेका संस्थाहरूमा देखिएको हिसाब किताब लापरवाही र पारदर्शी आजसम्म कुनै संघ संस्थाले नगरेको लाई यु टर्न गर्दै पारदर्शिता मा १ पेनी को पनी बिबरण चिया खर्चमा नभई समाजिक खर्चमा गर्ने गराऊने र हिसाब राख्ने छु ।

–म आफ्नो स्वस्फुर्थ सोचले समाजको सेबा गर्न ऊत्प्रेरित भएर आएको हुनाले म समाज को सल्लाह सुझाब ,समस्या जस्ता बिषयलाई समाधान र ब्यबस्थापन लाई पहिलो प्राथमिकता मा राखेर काम गर्ने छु ।
–दोहोरो नागरिकता सम्बन्धमा नेपाल सरकार लाई दबाब पुर्याऊन यूएसए केन्द्र सभापतिलाई घचघचाई रहनेछु ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...