back

१० पैसाको अन्तरमा सेयर कारोबार गर्ने व्यवस्था कार्यन्वयनको अन्तिम चरणमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १० पैसाको अन्तरमा सेयर कारोबार गर्ने मिल्ने व्यावस्था कार्यन्वयनको लागि अन्तिम चरणमा पुगेको जनाएको छ । सेबोनले साविक साबिक १ रुपैयाँको अन्तरमा कारोबार गर्न मिल्ने व्यावस्थामा परिर्वतन गरि १० रुपैयाँको अन्तरमा कारोबार गर्ने व्यवस्था ल्याउन ल्याउन लागेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुंगनाले यो व्यवस्था कार्यन्वयनको लागि अन्तिम चरणमा पुगेको बताएका हुन् ।

ढुंगानाले बोर्डमा छलफल अन्तिम चरणमा पुगेको बताउँदै छिट्टै नै कार्यान्वयनको लागि नेप्सेलाई निर्देशन दिने तयारी रहेको बताए । उनका अनुसार नेप्सेले एक, दुई दिनमा सिस्टम बनाउने र कार्यान्वयनमा ल्याउने छ ।
आईपीओको पहिलो कारोबार एकै मूल्यमा धेरै अर्डर पर्ने र अहिले प्रि ओपनिङमा हुने दबाब सृजनालाई व्यवस्थित गर्न १० पैसाको अन्तरमा हुने कारोबारले व्यवस्थित गर्ने अध्यक्ष ढुंगानाको भनाई छ । उनले भने ‘कुनै कम्पनीको सेयर मूल्य ११० रुपैयाँ छ भने किन १११ हाल्ने त्यसको ठाँउमा ११० रुपैयाा १० पैसा हाल्दा ९० पैसा बच्छ ।

यो व्यावस्थाले ठूलो रकमको कारोबार गर्ने लगानीकर्तालाई बढी मात्रामा लाभ हुने छ । यस्तो अध्यास अन्तराष्ट्रिय सेयर बजारमा पहिल्यै देखि रहेको भएपनि नेपालमा भने अझै थिएन । नेपालको सेयर बजारले अहिले फड्को मारेको कारण यस्तो व्यवस्था आवस्यकतामा परेको हो । पहिलेको तुलनामा पछिल्लो २ वर्षमा लगानीकर्ताले लगानीगर्ने पुजिँ र लगानीकर्ताको संख्यामा पनि प्रतिस्पर्धा बढ्दो हुँदा यसले ठूला लगानीकर्तालाई राहत मिल्ने ढुंगानाले बताए ।

२०७८ असार १० गते प्रकाशित


आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...