अब प्री ओपनिङमा कम्पनीको मूल्य २ प्रतिशत मात्रै घटबड हुने

वि.सं.२०७८ असार १० बिहीवार

काठमाडौँ । अब प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घटबढ हुने भएको छ । नेपाल धितोपत्र बोर्ड मूल्य परिवर्तन सीमा २ प्रतिशत मात्र हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली संशोधन गरेको हो । यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने भएको छ ।
यो ब्यबस्थालाई यथाशीघ्र कार्यन्वयनमा ल्याउन बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिईसकेको छ । बोर्डका प्रवक्ता निरज गिरीले यस्तो ब्यबस्थाले प्रि ओपन सेसनमा हुने अस्वभाविक उतारचढाव ब्यबस्थित हुने बताए । हाल १०ः३० देखि १०ः४५ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ ।
यो कहिलेदेखि लागु हुने भन्नेबारे नेप्सेले मिति तय गर्ने छ ।
२०७८ असार १० गते प्रकाशित

प्रकाशित समय : ०९:०० बजे