back
himalayan life

जोय फाउन्डेसन नेपाल र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ताइवानबीच सहकार्य सम्झौता

काठमाडौं । जोय फाउन्डेसन नेपाल र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३४७० ताइवानबीच सामाजिक तथा मानवीय क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित सम्झौता भएको छ ।

सोमबार ठमेलमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति भएको हो । जोय फाउन्डेसन नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले संस्थाले विगत करिब तीन दशकदेखि स्वास्थ्य र शिक्षाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जानकारी दिए । उनले समाजका पिछडिएका, असहाय तथा निमुखा समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।

श्रेष्ठका अनुसार फाउन्डेसनले तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा दुर्गम गाउँहरूमा नियमित रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष एकदेखि दुई वटा मोतिबिन्दु उपचारसम्बन्धी शिविर सञ्चालन गर्दै प्राविधिक सहयोगसहित सेवा प्रदान गरिँदै आएको उनले बताए ।

त्यसैगरी, बाढी, पहिरो तथा महाभूकम्पजस्ता प्राकृतिक विपद्का समयमा पनि संस्थाले राहत सामग्री वितरण गर्दै सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे ।

यसैबीच, फर्पिङस्थित नारी कल्याण सेवा समाज र वैदिक सेवा समाजमा आश्रित बालबालिकाको सहयोगका लागि विदेशी दातामार्फत ३० लाख रुपैयाँ सहयोग गरिएको पनि जानकारी दिइएको छ । उक्त रकम बालबालिकाको एक वर्षसम्मको खाद्यान्न तथा आवास व्यवस्थापनमा खर्च गरिने बताइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

वि.सं.२०८३ असार ९ मंगलवार १३:२५

काठमाडौं । शंकास्पद सम्पत्तिको स्रोत र सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा...

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

वि.सं.२०८३ असार ९ मंगलवार ११:१२

काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान...