back
himalayan life

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ, भैंसेपाटी निवासमा छापा

काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको अनुरोधमा प्रहरीले पक्राउ गरेको हो ।

पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको खुलेको छ ।  विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको हो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बतायो । पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको  उच्च स्रोतले बतायो ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ ।उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल–भारत व्यापार तथा लगानी सहकार्य सुदृढ गर्न निक्की र गीताबीच समझदारी

नेपाल–भारत व्यापार तथा लगानी सहकार्य सुदृढ गर्न निक्की र गीताबीच समझदारी

वि.सं.२०८३ असार ८ सोमवार १८:५४

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र भारतस्थित ग्लोबल...

राष्ट्रिय आर्थिक गणना २०८२ : हालसम्म १३ लाख ५१ हजारभन्दा बढी व्यवसायिक विवरण सङ्कलन

राष्ट्रिय आर्थिक गणना २०८२ : हालसम्म १३ लाख ५१ हजारभन्दा बढी व्यवसायिक विवरण सङ्कलन

वि.सं.२०८३ असार ८ सोमवार १८:५०

काठमाडौं । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१...

नेपाल सम्पत्ति सुद्वीकरणको खैरो सुचीमा कायम, सुधार कार्ययोजना पूरा गर्न थप दबाब

नेपाल सम्पत्ति सुद्वीकरणको खैरो सुचीमा कायम, सुधार कार्ययोजना पूरा गर्न थप दबाब

वि.सं.२०८३ असार ८ सोमवार १३:०७

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीयकरण नियन्त्रण प्रणालीमा...

कतारको रस लाफ्फान औद्योगिक क्षेत्रमा विस्फोट : घाइतेको सङ्ख्या ५४ पुग्यो, १८ जना बेपत्ता

कतारको रस लाफ्फान औद्योगिक क्षेत्रमा विस्फोट : घाइतेको सङ्ख्या ५४ पुग्यो, १८ जना बेपत्ता

वि.सं.२०८३ असार ८ सोमवार १३:०५

काठमाडौं । कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा...

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०४

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...