४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ५ हजार ७६८ निको भए

वि.सं.२०७८ जेठ २६ बुधवार

काठमाडौँ । गएको २४ घण्टामा नेपालमा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा १६ हजार ६४२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको जनाएको छ। १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, यो अवधिमा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन्। आज ८१ जनाको निधन भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेको संख्या ८ हजार १७९ पुगेको छ।
आज काठमाडौं उपत्यकामा ९१५ जनामा संक्रमण देखिएको छ। देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार आज १ हजार ३१२ जना आईसीयूमा उपचारत रहेका छन्।
२०७८ जेठ २६ गते प्रकाशित

प्रकाशित समय : ११:५२ बजे