back

मौरीपालनले बदलिएको खतिवडाको जीवन

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका– ८ सन्तपुरका ५४ वर्षीया रतनदास खतिवडा मौरीपालन गरेर गाउँमै नमूना बनेका छन् । निम्न वर्गीय परिवारका खतिवडाले परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेर देखाएका हुन् । उनको जोश र जागरले गाउँका अन्यलाई समेत लाभान्वित बनाएको छ। मौरीपालन गरिरहेका खतिवडाले नगरपालिकाका थुप्रैलाई मौरीपालन व्यवसायमा संलग्न गराउन सफल भएका छन् । खतिवडाले कुनै व्यवसायिक तालिम विना नै मौरीपालन शुरु गरेका थिए । ‘मौरीपालन नै गर्छु भनेर सोचेको थिइन पछि आकर्षित भए ।’
विगतमा आफूले भोगेका चुनौती संघर्ष र खुसीको क्षण सम्झदै भन्छन्–‘पालन शुरु गरेपछि मह कसरी काड्ने टोकाइबाट कसरी बच्ने आदि अध्यन गरेर सिकेँ ।’ पछि आफूले तालिम लिने अवसर समेत पाएको बताए ।

विभिन्न संघ संस्थाबाट तालिम लिएर २ घारबाट मौरीपालन शुरु गरेका उनले हाल १२० घार मौरीपालन गरिरहेका छन् । एक घारबाट कम्तिमा पनि ३० हजार रुपैयाँ आम्दानी हुने उनको भनाई छ । उत्पादनभन्दा माग धेरै भएकोले बजारको पनि समस्या नभएको उनले बताए । सहज र कम लगानीमा शुरु गरेर राम्रो आम्दानी गर्न सकिने यो व्यवसाय सबैले शुरु गर्न सकिने उनले बताए ।

हप्तामा दुई दिनमात्रै समय दिए पुग्ने मौरीपालन अन्य खेतीभन्दा सजिलै गर्न सकिने भएकोले यसमै रमाएको उनले बताए । पाको उमेरका केही गर्न सक्दैनन भन्ने मानसिकतालाई चुनौति दिन केही हदसम्म सफल पनि भएको उनको भनाइ रहेको छ । खतिवडा नेपाल मौरीपालक महासंघ प्रदेश–२ का अध्यक्ष पनि हुन् । अब सिक्न इच्छुक व्यक्तिहरूलाई निःशुल्क तालिम दिने सोच बनाएको समेत बताए ।

राम्रो आम्दानी हुन थाले पछि गाउँ तथा नगरपालिकाका अन्य व्यक्तिहरू पनि मौरीपालनमा आकर्षित हुन थालेका छन । मौरी पालनले बनस्पतिको महत्व समेत बढाइदिएको छ । मौरीपालक कृषकहरुले जिल्लामा सामुदायिक बनहरु सँग सहकार्य गरेर विभिन्न स्थानमा वृक्षारोपण पनि गर्ने गरेका छन् ।

विगत १० देखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक खतिवडाले मह उत्पादन गरेर वार्षीक १५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनको अहिले ८५ वटा मौरीका घार छन् भने सिजनमा १२५ भन्दा बढि हुने गरेका छन् । मेलिफेरा जातको मौरी पालेका खतिवडाले यो व्यावसायबाट गतिलो कमाई गर्न सफल भएको बताए । उनले वर्षमा ८ पटक मह निकाल्ने गरेका छन् । उनले उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ उनले बताए । उनले प्रतिकिलो रु ८ सय रुपैयाका दरले मह बिक्री हुने गरेको छ । उनले एक सिजनामा ७ क्वीन्टल भन्दा बढि मह काढ्ने गरेका छन् ।

जिल्लाको उत्तरि क्षेत्रमा मौरी पालनको क्षेत्रमा निकै सम्भावना रहेको छ, तर आवश्यक ज्ञानको कमीले परम्परागत ढंगले मौरी पाल्ने गरेको र व्यसायीक रुपमा यो व्यवसाय अगाडी बढाउन सहयोग नगरेको मौरीपालक कृषकहरुको भनाई रहेको छ । मौरी पालन गर्न धेरै खर्च र झण्झट नहुने भएकाले थोरै लगानीमा धेरै प्रतिफल पाउन सकिने किसानहरुले बताए । जिल्लामा व्यवसायिक माहुरीपालन गर्ने कृषकको संख्या सयको हाराहारीमा छन् । जिल्लाको बाग्मति, पौराई, गैडाटार, चन्द्रनिगाहपुर ,सन्तपुर लगायत ५ भन्दा बढि वडामा व्यावसायीक रुपमा मौरीपालन गरिँदै आएको छ ।

२०७८ जेठ २६ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...