back

बालेन नेतृत्वकाे नयाँ सरकार चैतकाे दाेस्राे साता मात्रै बन्ने

nactional life

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री भएकाे चैतकाे दाेस्राे साता मात्र देख्न पाइने भएकाे छ । निर्वाचन आयोगले चैतकाे पहिलाे साताभित्र सबै काम सकाउने भएपछि बालेन प्रधानमन्त्री भएकाे हेर्न चैतकाे दाेस्राे सातासमम्म कुर्नु पर्ने भएकाे हाे ।

निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिएका हुन् ।

उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उमेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिए ।

त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए । प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गर्ने निश्चित छ । हालसम्म रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी भएको छ।

हालसम्म नेपाली कांग्रेसले १७ स्थानमा, नेकपा एमालेले ८ स्थानमा, नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा, श्रम संस्कृति पार्टीले ३ स्थानमा र स्वतन्त्र अन्यमा २ स्थानको परिणाम सार्वजनिक भइसकेको छ । हालसम्म प्रत्यक्षतर्फ १६३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा रास्वपाको एकल बहुमत पुग्ने स्थिति छ । प्रत्यक्षतर्फ १२५ स्थान र समानुपाति गरेर कुल १३८ सिट ल्याउने दलले बहुमतको सरकार गठन गर्न सक्नेछ । यसर्थ, प्रतिनिधि सभा निर्वाचनमा अब पाँच वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित जस्तै भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...