back

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

पशुपति मन्दिर परिसरमा सरसफाइ कर्मचारी भन्दै धम्की र असुली

nactional life

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्राद्ध गर्ने भक्तजनहरूको चहलपहल देखिन्छ । यही भीडभाडको मौका छोपी दुई जना महिला कुचो बोकेर सफाइकर्मीको भेषमा त्यहाँ देखा पर्छन् । उनीहरूले पितृकार्य गर्न आएका मानिसहरूसँग जबर्जस्ती पैसा माग्ने गर्छन् । पैसा नदिए गालीगलौज गर्ने र दुःख दिने गरेको गुनासो छ ।

श्राद्ध गराइरहेका पण्डितहरू समेत यस व्यवहारबाट वाक्कदिक्क भएका छन् । उनीहरूका अनुसार विरोध गरेमा श्राद्धका लागि ल्याइएका सामग्रीसमेत फालिदिने धम्की दिइन्छ । बाध्य भएर सहनुपरेको पण्डितहरूको भनाइ छ ।

हिन्दू धर्मावलम्बीहरूका लागि यो स्थल केवल एउटा मन्दिर होइन आस्थाको केन्द्र,जीवन–मरणसँग गाँसिएको पवित्र धरोहर हो ।

तर यही भीड, यही श्रद्धा र यही पवित्र वातावरणको आडमा एउटा फरक कथा पनि बुनिएको छ असहज, असुरक्षित र प्रश्न उठाउने खालको ।

मन्दिर परिसरभित्र सधैंजसो देखिने दुई महिला छन् । उनीहरुलाई ‘शान्ता’ र ‘अञ्जु’ नामले बोलाउने गरिन्छ । बाहिरबाट हेर्दा उनीहरू सरसफाइमा खटिएका कर्मचारीझैं देखिन्छन् । हातमा कुचो, काँधमा झोला, अनुहारमा कठोर भाव । धेरै श्रद्धालुहरू उनीहरूलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारी ठान्छन् । उनीहरूको हिँडडुल, बोलाइ र व्यवहारले पनि त्यही संकेत गर्छ । तर वास्तविकता भने त्यति सरल छैन ।

उनीहरू विकास कोषका आधिकारिक कर्मचारी भने होइनन् । यद्यपि उनीहरू आफूलाई विकास कोषकै कर्मचारी हुँ भन्दै हिँड्छन् ।

नयाँ कोही व्यक्ति आए भने उनीहरू धम्क्याउन पछि पर्दैनन् । प्रायः मादक पदार्थ सेवन गरेको अवस्थामा देखिने गरेका छन् । वास्तवमा उनीहरू पशुपति क्षेत्र विकास कोषका कर्मचारी नभएको थाहा भएको छ । यद्यपि, उनीहरू आफूलाई विकास कोषका कर्मचारी हुँ भन्दै हिँड्छन्, र यो कुरा सुन्दा वास्तविक कर्मचारीहरू भने चुपचाप मुस्कुराइरहेका देखिन्थे ।

अनुसन्धान गर्दै जाँदा शान्ता र अञ्जु नन्दभाउजु रहेछन् । उनीहरू नयाँ आउने श्रद्धालुहरूलाई नियालेर हेर्छन् । कोही अपरिचित देखियो भने नजिक पुग्छन् ।

‘यहाँ बस्न पाइँदैन,’ ‘सरसफाइ शुल्क तिर्नुपर्छ,’ वा ‘विकास कोषको नियम हो’ यस्ता शब्दहरू उनीहरूको मुखबाट सजिलै निस्कन्छन् । कहिले सरसफाइको नाममा, कहिले विकास कोषको कर्मचारी भएको दाबी गर्दै उनीहरूले पैसा माग्छन् ।

यदि कसैले प्रश्न गर्यो भने चर्को स्वर गर्छन् । ‘हामी यहीँका कर्मचारी हौँ,’ भन्दै धम्क्याउने गरेको प्रभावित भएकाहरु बताउने गर्छन् । कहिले चिया खुवाउन आग्रह, कहिले सरसफाइ खर्चको बहाना बनाउने गरेका उनीहरुप्रति श्रद्धालुहरूले असहज महसुस गर्ने गरेका छन् ।

शान्ता र अञ्जु प्रतिनिधि पात्र मात्र हुन । करिब २५–३० जनाको समूह यसरी नै सक्रिय हुने गरेको छ । उनीहरु सार्वजनिक स्थानमै चुरोट सेवन गर्ने, नियम–कानूनको वास्ता नगर्ने, तर पशुपतिमा श्राद्ध गर्नेहरुलाई धम्क्याउने र पैसा माग्ने गरेको एक भक्तजनले गुनासो गरे ।

यस्तो पैसा असुल्ने, धम्क्याउने उनीहरुको समुहबारे श्रद्धालु भक्तजनहरु मात्रै होइन पशुपति विकास कोषका कर्मचारीहरु पनि जानकार छन् । पशुपति जस्तो पवित्र स्थलमा माग्नेहरुको जमात त उस्तै बढ्दो छ तर धम्क्याएर पैसा असुल गर्नेहरुको जमात पनि सक्रिय देखिने गरेको छ ।

पशुपति जस्तो पवित्र स्थलमा माग्नेहरूको संख्या जति बढ्दो छ, त्यति नै धम्की र दादागिरी शैलीमा पैसा असुल गर्नेहरूको जमात पनि बढ्दै गएको स्थानीय एक पूजा पसलले सुनाए ।

यस विषयमा नेपाल न्यूज बैंकले प्रतिक्रिया माग्दा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले कोषलाई यस्तो गतिविधिबारे औपचारिक जानकारी नभएको बताए ।
उनले भने, ‘विकास कोषलाई त्यस सम्बन्धमा अहिलेसम्म केही जानकारी आएको छैन । गुनासो पनि आएको छैन । अनुसन्धान गरेर आवश्यक प्रक्रिया अगाडि बढाउँछौं ।’

पशुपति केवल एउटा धार्मिक स्थल होइन, राष्ट्रिय पहिचानको प्रतीक हो । यहाँ आउने हजारौं भक्तजनहरू शान्ति, सान्त्वना र आध्यात्मिक अनुभूति खोज्दै आउँछन् । तर यदि आस्थाको यही केन्द्रमा असुरक्षा, धम्की र अवैध असुलीको छायाँ गाढा बन्दै गयो भने त्यो केवल व्यक्तिगत पीडाको विषय हुँदैन यो व्यवस्थापन, सुरक्षा र नैतिकताको प्रश्न बन्छ ।

आस्था र विश्वास जोगाउन केवल आरती र पूजा मात्र पर्याप्त हुँदैन; पारदर्शिता, निगरानी र उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुन्छ । पशुपतिको पवित्रता केवल मन्दिरको गृहमा सीमित छैन यो सम्पूर्ण परिसर, त्यहाँको व्यवहार र वातावरणसँग जोडिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...