back

४१ क्षेत्रमा रास्वपाको अग्रता, एमाले ५, कांग्रेस ३ र नेकपा २ क्षेत्रमा अगाडि

nactional life

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ४१ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। त्यसैगरी नेकपा एमाले ५, नेपाली कांग्रेस ३ र नेकपा २ क्षेत्रमा अगाडि रहेका छन्।

रास्वपाले काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका विभिन्न जिल्लामा उल्लेख्य अग्रता बनाएको छ। काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा हुनुहुन्छ।

त्यसैगरी भक्तपुर–१ मा रुकेश रञ्जित, भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्कीले अग्रता कायम गर्नुभएकाे छ।

देशका अन्य क्षेत्रहरूमा पनि रास्वपाका उम्मेदवारहरू अगाडि छन्। चितवन–२ मा रास्वपा पार्टी सभापति रवि लामिछाने, झापा–५ मा बालेन्द्र शाह (बालेन), तनहुँ–१ मा स्वर्णिम वाग्ले, मोरङ–४ मा सन्तोष राजवंशी, महोत्तरी–१ मा प्रमोदकुमार महतो, बाँके–१ मा सुरेशकुमार चौधरी, कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा बिना गुरुङ, चितवन–३ मा सोविता गौतम, कञ्चनपुर–२ मा दिपकराज बोहरा, दाङ–१ मा देवराज पाठक, मोरङ–१ मा यज्ञमणि न्यौपाने, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, रौतहट–४ मा गणेश पौडेल, रूपन्देही–२ मा सुलभ खरेल, रूपन्देही–३ मा डा. लेखजंग थापा, रूपन्देही–५ मा तौफिकअहमद खान, बाँके–३ मा खगेन्द्र सुनार, झापा–२ मा इन्दिरा राना मगर, बारा–१ मा गणेश धिमाल, मोरङ–५ मा आशा झा, कञ्चनपुर–१ मा जनक सिंह धामी, बर्दिया–२ मा श्रीधर पोख्रेल, धादिङ–१ मा आसिका तामाङ, पाल्पा–१ मा विमल पन्त, कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता र मोरङ–३ मा गणेश कार्कीले अग्रता लिनुभएकाे छ।

यसैबीच एमालेले केही क्षेत्रमा अग्रता कायम गरेको छ। रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–१ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल र चितवन–१ मा दावा दोर्जे लामा अगाडि हुनुहुन्छ।

नेपाली कांग्रेसले ललितपुर–१ मा उदयशमशेर राणा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र कैलाली–१ मा जनकराज चौधरी र रसुवा १ मा मोहन आचार्य मार्फतले अग्रता कायम गरेको छ।

त्यस्तै नेकपाले रुकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट–१ मा महेन्द्रबहादुर शाहीमार्फत अग्रता लिएको छ।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने ३,२६५ मतसहित अगाडि छन् भने एमालेका अस्मिन घिमिरे १,५१९ मतसहित पछ्याइरहेका छन्। झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र शाह (बालेन)ले पछि पारिरहनुभइरहेकाे छ। बालेनले १,४७८ मत प्राप्त गर्दा ओलीले ३८४ मत प्राप्त गर्नुभएकाे छ।

रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १,४१५ मतसहित अग्रता कायम गर्नुभएकाे छ भने एमालेका लीलामणि गौतम ४३१ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।

यसैबीच सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा उम्मेदवार रहेको क्षेत्रमा मतगणना सुरु हुन बाँकी छ। त्यस्तै एमाले महासचिव शंकर पोखरेल उम्मेदवार रहेको दाङ–२ मा पनि मतगणना सुरु हुन बाँकी छ।

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ३,७०० मतसहित अगाडि हुनुहुन्छ। कांग्रेसका प्रदीप पौडेल १,०७८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका ईश्वर पोखरेल ६९९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

झापा–३ बाट उम्मेदवार रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रमा भने मतगणना सुरु हुन बाँकी छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...