back

रौतहटमा मतदान सम्पन्न, आजै रातिदेखि मतगणना सुरु गरिने

nactional life

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । निर्वाचन सम्पन्न भएसँगै जिल्लाका चारवटै क्षेत्रमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार मतपेटिका संकलन र आवश्यक व्यवस्थापनको कार्य सकिनेबित्तिकै गणना प्रक्रिया अघि बढाइनेछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि चारवटा स्थान तोकिएको छ ।

रौतहट क्षेत्र नं. १ को जुद्ध माध्यमिक विद्यालय, गौर क्षेत्र नं. २ को ब्रम्हज्योति मावि, लौकाहा , क्षेत्र नं. ३ को जनता मावि, कटहरिया र क्षेत्र नं. ४ को जनज्योति उच्च मावि, चन्द्रनिगाहपुर तोकिएको हो । अहिले सबै मतदान केन्द्रबाट मतपेटिकाहरू तोकिएका गणना स्थलमा ल्याउने क्रम जारी छ । मतगणना स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको प्रशासनले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...