back

यातायात क्षेत्रका प्रतिनिधि संसदमा पुगेमामात्र सुधार सम्भव छ : सिटौला

nactional life

काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात क्षेत्र लामो समयदेखि नीति निर्माण तहमा ओझेलमा परेको भन्दै अब सडकमा मात्र होइन, सदनमै पुगेर आवाज उठाउन आवश्यक भएको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा सिटौलाले निर्वाचनमार्फत यातायात क्षेत्रका प्रतिनिधि संसदमा पुगेमा यस क्षेत्रको सुधार सम्भव हुने धारणा राखे । सिटौलाले महासंघका पदाधिकारी तथा यातायात व्यवसायीहरू पनि यसपटक निर्वाचनमा सक्रिय रूपमा सहभागी भएको जानकारी दिए ।
विभिन्न जिल्लाबाट महासंघ तथा सम्बद्ध संस्थाका अध्यक्ष, उपाध्यक्ष र प्रदेश संयोजकसहित ५–७ जना प्रतिनिधिसभाका उम्मेदवार बनेको उनले बताए ।

‘देशभरि पाँचसात जना व्यक्तिहरू उम्मेदवार बनेका छन् । महासंघका अध्यक्ष स्वयं पनि उठ्नुभएको छ । उहाँहरूले जित्नुभयो भने यातायात क्षेत्रमा केही सुधार हुने अपेक्षा गरिएको छ ।

यसपटक हामीले यातायात क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौँ र सबै तहमा आवाज उठाइरहेका छौँ । सार्वजनिक यातायात मुलुकको आर्थिक संरचनाको मुख्य रक्तसञ्चार हो । यो चलायमान भए मात्र अर्थतन्त्र र बजार पनि चलायमान हुन्छ भन्ने विषयमा हामीले पटक–पटक जोड दिँदै आएका छौँ। तर नीति निर्माण तहमा हालसम्म यातायात क्षेत्रले अपेक्षित प्राथमिकता पाएको छैन।

मन्त्रालय र सरकारले प्राथमिकतामा नराखेकै कारण सार्वजनिक यातायात ओझेलमा परेको छ,’उनले भने,‘त्यसैले अब सडकमा मात्र होइन, सदनमै पुगेर नीति निर्माणको तहमा भूमिका खेल्नुपर्छ भन्ने उद्देश्यले यसपटक यातायात क्षेत्रका ५–६ जना नेतृत्व तहका व्यक्तिहरूलाई उम्मेदवार बनाएका छौँ।’

प्रतिनिधिसभा निर्वाचनका कारण देशभर सार्वजनिक सवारीसाधन चलायमान भएको उल्लेख गरे । सुरुवाती दिनमा केही सुस्त देखिएपनि पछिल्लो अवस्थामा सवारी सञ्चालन उल्लेखनीय रूपमा बढेको उनले बताए ।

‘निर्वाचनका कारण महाकालीदेखि मेचीसम्म सवारीसाधन परिचालन भएका छन् । यसले यातायात क्षेत्र मात्र होइन, समग्र आर्थिक गतिविधिलाई पनि चलायमान बनाएको छ’उनले भने । उनका अनुसार निर्वाचनको समयमा होटल, रेस्टुरेन्ट, पसल तथा अन्य सेवा क्षेत्रसमेत सक्रिय हुने भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...